जाजरकोट, २७ साउन । 
मौसम सफा हुदा घरमा हुने अन्य कामहरु गर्न भ्याई नभ्याई छ, वोहरा गाउँकी पूर्णिमा चन्दलाई । जव आकाशवाट पानी वर्सिन थाल्छ तव पूर्णिमा चन्द प्लाष्टिक टनेल भित्र रहेको टमोटरको सेवा गर्न थालिछन ।kk

दैनिक गोडमेल गर्ने गरिएको प्लाष्टिक टनेल भित्रको टमोटरले वढी उत्पादन दिने कुरामा चन्द विश्वस्त देखिन्छन । घर नजिकै वारीका दुईवटा प्लाष्टिक टनेल भित्र टमोटर खेती गरेकी पूर्णिमाले आगामी दिनमा वेमौसमी तरकारी खेतीलाई निरन्तरता दिने वताएकी छन् । प्लाष्टिक टनेल भित्र तरकारी खेती गर्नाले घाम, पानी, जाडो जस्ता मौसममा पनि काम गर्न सकिने भएको हुदा समयको सदुपयोग गर्न सकिने पूर्णिमाको भनाई छ ।ll त्यसै गरी प्लाष्टिक टनेल भित्र तरकारी खेती गर्दा माटोको उर्भरा शक्तिको रक्षा गर्न सकिने भएको हुदा दीगो कृषि गर्न सकिने चन्दले अनुभव सुनाईन ।

घामवाट सुख्खा जमिन भई उर्भरा शक्तिको ह्रास, भारी वर्षाले पहाडी भिरालो जमिनको उर्भरा माटो वगाएर लिने खाल्का खतरावाट जमिनलाई प्लाष्टिक टनेलका माध्यामवाट वचाउन सकिने चन्दको तर्क छ । प्लाष्टिक टनेलवाट वेमौसमी खेती गरेर जमिनवाट धेरै लाभ हासिल गर्न सकिने उनको भनाई छ । पूणिमा चन्दले घरमा गाई गोरु पाल्नुका साथै धान, मकै जस्ता विभिन्न अन्न खती पनि गरिरहेकी छन् । साथै उनले नगदे वालीका रुपमा वदाम खेती पनि गरिरहेकी छन् ।।