काठमाडौं २७ साउन । पटक–पटक मिति तोकिँदै स्थगन हँुदै आएको नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको बन्दसत्र आज बिहानदेखि सञ्चालन हुने भएको छ ।
नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले बुधबार पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधिमा देखिएको विवाद समाधान र बन्दसत्रका बारेमा जानकारी गराएको हो ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि महाधिवेशनको प्रक्रिया आज बिहीबारदेखि सञ्चालन हुने समितिका संयोजक डा. प्रकाशशरण महतले बताए । ‘समितिले आमरण अनशन बसेका विद्यार्थीको मागसमेत सम्बोधन हुने गरी विवादित ११ जिल्लाको महाधिवेशन प्रतिनिधिको विवाद लामो छलफल गरी टुङ्गो लगाएको छ’ – उनले भने ।
समितिले विवादित जिल्लाका कार्यसमिति हाललाई थाती राखेर महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुङ्गो लगाएको हो । ती जिल्लामा निर्वाचनबाट आउने नया“ केन्द्रीय समितिले तीन महिनाभित्र अधिवेशन गराउने सहमति भएको नेता महतले जानकारी दिए ।
निर्वाचन प्रक्रिया अगाडि बढाउन पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष भरतप्रसाद खरेलको संयोजकत्वमा पा“च सदस्यीय निर्वाचन समिति गठन गरेको छ । एघार जिल्लाको महाधिवेशन प्रतिनिधि विवादका कारण यही साउन २३ गते महाधिवेशनको उद्घाटन भए पनि बन्दसत्र हुन सकेको छैन ।
