चेतन रेग्मी / तुलसीपुर
नेपाल सरकार पर्यटन बोर्ड द्वारा क्यानडाका लागि सद्धभाबना दुत रहेका नरबहादुर टण्डनले पर्यटन क्षेत्रको प्रचार प्रसार गर्नसके देशको बिकास सम्भब रहेको बताउनु भएको छ । रेडीयो संजीवनीले संचालन गरेको सञ्जिवनि सवालमा बुधबार कुराकानी गर्दै सद्धभाबना दुत टण्डनले पर्यटन क्षत्रको संरक्षण र संर्बद्धन गर्न जरुरी रहेको बताउनुभयो ।
क्यानडा,अमेरीका लगायतका मुलुकहरुमा नेपालको पर्यटनको प्रचार प्रसार गरि रहनु भएका सामाजिक अभियान्ता टण्डन, बिदेशमा एक ट्रक ड्राइभर हुनुन्छ । उहाले आफुले चलाउदै आएको ट्रकमा नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्र,धार्मीक स्थल,नेपालको राष्ट्रीय झण्डा,बिश्वप्रशिद्ध भगबान गौतम बुद्धको जन्म स्थल लुम्बीनीको सचीत्र पेन्टीङ गराउनुभएको छ ।
उहाको कामको प्रसम्सा स्वरुप नेपाल सरकार पर्यटन बोर्डले टण्डनलाई क्यानडाका लागि सद्धभाबना दुतमा नियूक्त गरेको छ । नेपालमा ड्राइभर पेशालाइ हर्नेे दृष्टीकोण त्यती सकारात्मक छैन त्यसमा उहालाई कुनै चीन्ता छैन । एक ड्राइभर भएर देशको नाम राख्न पाएकोमा उहालाइ गर्भ छ । उहाले आफुजस्तै अमेरीका र क्यानडामा ट्रक चलाउने एकसय जती ड्राइभरहरु तयार पारेर संगठन बनाएको जानकारी दिनुभएको छ ।
उक्त संगठनले नेपालको स्वास्थ्य शिक्षा क्षेत्रमा लगानी गरेको उहाको भनाइ छ । नेपालको गुल्मी जिल्लामा श्वास्थ्यको क्षेत्रमा र दुर्गम जिल्लामा शिक्षा क्षेत्रमा काम सुरु गरी सकेको उहाले जानकारी दिनुभयो । संगठनका सदस्यहरुको लेबिबाट यस्तो काम शुरु गरीएको टन्डनको भनाइ छ । दाङ हलवारका टण्डन रोजगारीको शिलसिलामा ११ बर्ष अघी क्यानडा पुग्नुभएको थियो ।