खकेन्द्र केसी 
सल्यान, साउन २६
नेकपा माओवादीलाई आतंककारी भन्ने दिन सकिएको नेकपा माओवादी सल्यानका सचिवालय सदस्य गणेशमान सिंह ले जनाएका छन । सल्यानको मार्केमा भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शारदा नगर कमिटीका सेक्रेटरी समेत रहेका उनले सल्यान खलंगाबाट छिटै जनसरकारका काम सुचारु गरी जनतालाई न्याय र सेवा दिने बताएका छन ।

gg
कार्यक्रममा नेपाली काग्रेश, नेकपा माओवादी केन्द्र र राप्रपा नेपालबाट डेढ दर्जन कार्यकर्ता विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन ।

पार्टी प्रवेश गर्नेहरुले यतिबेलाका संसदवादी दलहरु जनताको हितमा हैन सत्ताको खेलमा लागेको भन्दै विकल्पमा विप्लवले नेतृत्व गरेको माओवादीले नै अव जनताको पक्षमा काम गर्ने भएकाले पार्टी प्रवेश गरेको बताएका छन ।

पार्टी प्रवेश गर्नेहरुमा नेपाली काग्रेशबाट यसोदा चलाउने, कमला रोका, निर्र्मला रकाल र तोला सिंह रकाल, नेकपा माओवादी केन्द्रका वडा नं. ८ का इन्चार्ज निम बहादुर वि.क., घन बहादुर बोहरा, खिम बहादुर वि.क., छविलाल वि.क., इन्द्रा विष्ट, काशिराम ओझा र राप्रपा नेपालबाट कुल बहादुर रकाल छविलाल रकाल लगायतका रहेका छन । 

नेकपा माओवादीका जिल्ला सदस्य गणेशमान सिंहको प्रमुख आतिथ्यता र अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष लुट बहादुर केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सदस्य घनश्याम वि.क. र संचालन गोपाल कवरले गरेका थिए ।