इन्द्रेणी संवाददाता
सल्यान, २६ साउन
सल्यानमा खहरेखोलाले बगाउदा १ स्कुले बालिकाको ज्यान गएको छ । स्वीकोट गाउ बिकास समिती कैनकाँडाकी ११ बर्षिय पबित्रा रावतको खहरेखोलाले बगाउँदा ज्यान गएको हो ।flood

नारायण माध्यामिक विद्यालय रुमाल गाउँ कक्षा ६ म अध्ययनरत रावत परीक्षा दिएर विद्यालय बाट घर फर्किदै गर्दा कैनकाँडा खोलाले बगाएर मृत्यु भएको हो ।

अस्थाई प्रहरी चौकि स्वीकोटनेटाका प्रहरी प्रमुख दयाराम सुनारका अनुसार मृतकको शब ३ किलोमिटर टाढा कालागाउँको स्यानिपिपली भन्ने स्थानमा भेटिएको हो ।।