काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाको कारण पार्टी एकता अन्तिममा आएर हुन नसकेको बताएकाछन ।

राप्रपा नेपालले मंगलबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘ पशुपतिजीले बेइमानी गर्नुभयो, उहाँले एक पक्षीय निर्णय गर्दै हामीसँग झुट बोल्नु भयो, राप्रपासँगको पार्टी एकीकरण अध्याय अब समाप्त भयो।’
राणाले विधानलगायतका प्राविधिक कारण देखाउँदै एकता हुन नसक्ने बताएका थिए । तर, पत्रकार सम्मेलनमा थापाले विधानलगायतका विषयमा कुनै समस्या नरहेको भन्दै राप्रपा अध्यक्षबाट भ्रम छर्ने काम भएको बताए ।
‘मेरो निमित्त पार्टी एकता ठुलो कुरा थियो, बिधान होइन। भनेकै थिए राप्रपाको बिधानमै हस्ताक्षर गर्न तयार छु, यस बिषय बहाना र भ्रम मात्र हो , पत्रकार सम्मेलनमा थापाले भने ।











