जाजरकोट, २५ साउन
बाढी पहिरोले भवन वगाएपछि जाजरकोटको एक विद्यालयले खुला आकाशमुनी पठनपाठन गर्दै आएको छ । गत असार दोस्रो साता आएको बाढी पहिरोले लहँ–४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन वगाउँदा विद्यार्थीहरु खुला आकासमा पढ्न वाध्य भएका छन ।
badi-pidit-school-2-263x156
बाढीले विद्यालयका दुई भवन, चर्पी, खानेपानी ट्याङ्की बगाएपछि खुला आकासमा पढाउनु परेको प्रधानाध्यापक बलबहादुर रावलले बताउनुभयो । बाढीले विद्यालय क्षेत्र बगरमा परिणत भएको छ । त्यही बगरमा विद्यार्थीलाई राखेर पढाउन बाध्य भएको भन्दै उहाँले फेरि बाढीपहिरो आउने हो कि भन्ने डर रहेको उल्लेख गर्नुभयो ।

यसैविच, विद्यालयमा बस्ने ठाउँ नहुँदा विद्यार्थी विद्यालय आउन छाडेका छन् । पहिरोको जोखिम भएकाले बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिभावक तिलबहादुर रावलले बताउनुभयो । विद्यालय भवन नहुँदा पिपलचौरका छ दर्जन विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन । ५ कक्षासम्मको पढाइ सञ्चालन हुने विद्यालयका बालबालिका बगरको चिसो बालुवा र माटोमा बसेर पढ्न वाध्य छन ।।