भालुवाङ २४ साउन
दाङमा मोटरसाइकल दुर्घटनामा परी ३ जना घाइते भएका छन । दउखुरीको लमहीबाट भालुवाङ तर्फ जाँदै गरेको बा ७८ प ९८२६ नम्बरको मोटरसाईकल सिसहनियाँ—६ बिजौरीमा दुर्घटना हुँदा  मोटरसाईकलमा सवार काठमाडौँ महानगरपालिका—३३ का ३२ बर्षीय पवन श्रेष्ठ गम्भीर घाईते हुनु भएको छ ।
accident-300x300
सोही दिशातर्फ गईरहेको साईकल यात्रीलाई बचाउने क्रममा पूर्व—पश्चिम राजमार्ग अन्र्तगत बिजौरी चोकको प्रतिक्षालय नजिक दुर्घटना भएको हो ।

घाईते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा समान्य उपचार पछि थप उपचारका लागि बुटवलमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनुभयो ।

त्यस्तै मोटरसाइकल चालक चितवन रतननगर—८ का ३५ बर्षीय गोबिन्द शर्मा र साईकल चालक लालमटिया—५ मौरीघाट निवासी ३५ बर्षीय मोहनलाल चौधरी घाईते हुनु भएको छ । घाईते शर्मालाई थप उपचारका लागि बुटवल पठाईएको छ भने चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भएको छ ।।