आगामी भदौ ३ गते दाङमा राष्ट्रिय सूचना दिवस मनाइने भएको छ । प्रमखु जिल्ला अधिकारी दीपक काफ्लेको अध्यक्षतामा सोमबार घोराहीमा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले भदौ ३ गते बिहान साढे सात बजे घोराही नगरपालिकाको सभाकक्षमा सूचनाको हक र यसको प्रयोगको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी, सञ्चार क्षेत्र तथा अन्य सरोकारवाला समेतको उपस्थितीमा सो अन्तरक्रिया गर्ने निर्णय गरिएको हो ।
त्यस्तै जिल्लाका सबै शैक्षिक संस्थाहरुमा सूचनाको हकको प्रचलन गर्ने गराउने सम्बन्धमा कक्षा सञ्चालनको आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ । गृह मन्त्रालयको निर्णय अनुसार सूचना दिवस मनाउन थालिएको हो ।
