दाङ, २४ साउन । नेकपा एमाले दाङका सचिव हुकुमवहादुर बस्नेतले आफ्ना नाममा भएका सवै समानान्तर गतिविधि भङ्ग भएको जनाउनुभएको छ । सोमबार प्रेस विज्ञप्ती जारी गर्दै बस्नेले दाङ  जिल्लाको एमालेमा देखिएको समस्या समाधानका लागि सवै खालका समानान्तर गतिविधि भङ्ग गरिएको जनाउनुभएको हो ।

UML & mao.jpg

सचिव बस्नेतले जारी गर्नुभएको विज्ञप्तीमा विगत दुई महिना यता देखिएको समस्याले नेता कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुलाई निकै चिन्तित र निरास बनाएको तितो यथार्थ सवैको सामुमा जग जाहेर भएको उल्लेख गर्दै पार्टीका सवै नेता कार्यकर्तालाई आ– आफ्नो जिम्मेवारीमा फर्कन पनि आग्रह गर्नुभएको छ

आफू लामो समय देखि बामपन्थी आन्दोलनमा लागेको भन्दै बस्नेतले पछिल्लो अवस्थामा नेकपा एमाले दाङमा दुई समुहका नाममा गतिविधि हुनु निश्चित रपमा सकारात्मक पक्ष होइन भन्ने आफ्नो बुझाई रहेको उल्लेख गर्नुभएको छ । ‘पार्टी र जनताको पक्षमा काम गर्दै दाङमा एमालेलार्य स्थापित गर्नु हामी सवैको दायित्व हो भन्दै बस्नेतले आफ्नो नाममा गरिएका सवै समानान्तर गतिविधि आजैका मितिदेखि भङ्ग भएको घोषणा गर्दछु ।’ बस्नेतले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ ।

यसका साथै एमाले दाङका प्रचार विभाग प्रमुख श्याम डाँगीका अनुसार एमाले दाङका अध्यक्ष जोगवहादुर राना र सचिव हुकुमवहादुर बस्नेतले आज मंगलवार विहान जिल्ला पार्टी कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । उक्त पत्रकार सम्मेलनमा सहभागिताका लागि सम्पूर्ण पत्रकारहरुलाई एमाले दाङले आग्रह गरेको छ ।