कठमाण्डौ, २४ साउन
नेकपा संयुक्तले प्रचण्ड सरकारमा सांसद जयदेव जोशीलाई मन्त्री बनाउने तयारी गरेको छ । गणेश साह नेतृत्वको नेकपा संयुक्तलाई सरकारमा समेट्न प्रमुख सत्ता साझेदार नेकपा संयुक्तलाई सरकारमा सामेल गर्न सहमत छन् ।
नेकपा संयुक्तले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा नै कांग्रेस र माओवादीलाई साथ दिएको थियो ।नेताहरुका अनुसार प्रचण्ड सरकारमा संयुक्तलाई एउटा मन्त्रालय दिने तयारी छ । मन्त्रालय भने टुंगिएको छैन ।
भूमिसुधार र वातावरण मध्ये एक मन्त्रालय संयुक्तले पाउने सम्भावना छ । स्रोतका अनुसार अब हुने मन्त्रिपरिषद्वि स्तारमा संयुक्तबाट सांसद जोशीलाई समेट्ने पक्का छ ।जोशी संयुक्तका संसदीय दलका नेता हुन् ।।











