अभिलाष राजभन्डारी
दाङ , २४ साउन  हिन्दू धर्मावलम्वीहरुले शिवको महिमा गाउँदै मनाउने कार्यक्रम  ” बोल बम ” आज धारापानीमा मन्दिरमा मनाइएकोछ   । ” बोल बम “कार्यक्रममा  शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउँने चलन छ ।

IMG_8521(1)

यो पर्वमा धर्मावलम्बीहरु  गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव मन्दिरमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा यो महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो । दाङमा बबई नदीको जल पाण्डेश्वर महादेव मन्दिरसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ ।