काठमाण्डौ, २४ साउन
सत्ता गठबन्धन दल कंग्रेस र माओवादी केन्द्रको बैठक आज बस्दैछ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा अपरान्ह ४ बजे बस्ने दुई दलका शिर्ष नेताहरुको बैठकले राज्यपुर्नसरचनाका बिषयमा साझा धारणा बनाउन पहल गर्नेछ ।
नेताहरुक अनुसार राज्यपुर्नसंरचनाबारे ठोस धारणा बनाएर सरकारले स्थानिय निकायसहित अन्य तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।
यसअघि एमाले नेतृत्वको सरकारले मंसिरमा स्थानिय निकायको निर्वाचनसहित अन्य निर्वाचनको मिति घोषणा गरेपनि सरकार परिवर्तपछि सवै बिषय अन्यौलमा परेको हो ।
यस्तै बैठकमा सरकार बिस्तारका साथै मधेसी मोर्चासहितको गठबन्धनसंग भएको सहमति कार्यान्वयनका बिषयमा पनि छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कंग्रेस सभापति शेरबहादुर देउवासहित दुई पार्टीका शिर्ष नेताहरु सहभागी हुने वताइएको छ ।।
