trackter

घोराही २३ साउन । जिल्ला प्रहरी कार्यालय दाङले अवैघ रुपमा गिट्टी वालुवा उत्खनन गर्ने सवारी साधनलाइ पक्राउ गरेको गरेको छ ।

जल्ला प्रहरी कार्यालयवाट खटीएको प्रहरी टोलीले घोराही नगरपालीका वर्डा न ४ स्थित सिस्नेखोलामा अवैध रुपमा गीटी वालुवा उत्खनन गरिरहेको रा १ त ६५० नम्वरको टयाक्टर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक धिरज प्रताप सिहले जानकारी दिएका छन् ।

पक्राउ गरिएको टयाक्टरलाइ आवश्यक कारवाहीका लागी जिल्ला विकास समीतीको कार्यालयमा पठाइएको छ ।