दाङ, २३ साउन
दाङ काभ्रे ४ गहतेराका किसानहरुले रोपेको मकै सुक्दै जान थालेपछि कृषहरु चिन्तित वनेका छन । त्यहाँका झण्डै ८० घरधुरीले लगाएको मकै दिनदिनै डाँठ कुहिदै सुक्न थालेपछि किसानहरु चिन्तित वनेका हुन ।454838780-913

१५ दिनदेखी मकै खेतीमा यो समस्या देखा परेको र अहिलेसम्म ५५ रोपनी जग्गामा लगाइएको मकै कामै नलाग्ने गरी सुकेर नष्ट भएको त्यहाँबाट डासबहादुर डाँगीले जानकारी दिनुभएको छ ।

डाँगीका अनुसार त्यहाँका अधिकांश किसानले मनकामना जातको मकै रापेका थिए ।यस्तै कतिपय कषहरुले कृषि कर्यालयले उपलव्ध गराएको मकैको वीउ लगेर रोपेका थिए ।

दिनप्रतिदिन मकै कुहिन थालेपछि बारी नै गन्हाउने भएको छ । यसैविच कृषि कार्यालयमा यसवारे जानकारी गराएको र भोलीसम्म कार्यालयले टोली पठाउने आस्वासन दिएको डाँगीले वताउनुभयो ।।