श्रावण २३ रोल्पा । 
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पाले आफ्नो १७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । फोनिज रोल्पा शाखाले श्रावण २७ गते ब्यवस्थांपिका संसदका सभाम’ख ओनसरी घर्तिमगरको प्रमुख आतिथ्यतामा दिवस मनाउने भएको हो ।r

यहि साउन २७ गते परेको स्थापना दिवसको अवसरमा बिहान प्रभात फेरी सहित श’भकामना आदन प्रदान गर्ने कार्यक्रम रहेको फोनिज रोल्पाका अध्यक्ष अमरजित प’नमगरले बताउन’ भयो . फोनिजका संगठन सचिव मनोज घर्तीमगरको बिषेश आतिथ्यतामा ह’ने कार्यक्रममा जिल्लाका विभिन्न सरोकारवाला निकायको उपस्थीति रहने पुनले बताउनुभयो ।

लिबाङको लोकतान्त्रिक चोकबाट प्रभातफेरि गरि जिबिसको नयाँँ हलमा स्थापना दिवस कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ । आज लिबांङ बसेको कार्यसमिति बैठकले स्थापना दिवस जिल्लामा सफल पार्नका लागि बिभिन्न तयारी र कार्यक्रम गर्ने निर्णय गरेको छ । लोकतान्त्रिक चोकबाट बिहान ७ बजे प्रभातफेरि गरि ८ बजेदेखि हलको कार्यक्रम गर्ने निर्णय गरेको हो ।।