तुलसीपुर, साउन २३ । दाङ विजौरी ४ हेमन्तापुरमा रहेको हिमालय ईङ्गलीस वोेर्डिङ स्कुलको आयोजनामा हेमन्तापुरमा ७ दिने पतन्जली योग शिवीर सन्चालन भएको छ । शिवीर उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले योग आत्मालाई प्रमात्मा संग जोड्ने साधना भएको र नियमित योग गर्नाले मानिस स्वस्थ, फुर्तीलो र हसीलो हुने भएको भन्दै नियमित योग गर्नु मानिसको लागी अनिवार्य रहेको कुरामा जोड दिएका छन ।
योग पिढका अञ्चल उपाध्यक्ष उदय कुमार डांगीको अध्यक्षता एवं नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुल प्रसाद कोईरालाको प्रमुख आथित्यता र पतन्जिली योग समितिका महिला अञ्चल प्रमुख शारदा पोख्रेलको विशिष्ट आथित्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
शिविर उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले ७ दिनको योग शिवीरले सहभागीलाई दैनिक योग गर्न हसौला प्रदान गर्ने वताएका थिय । हीमालय ईङ्गलीस वोर्डीङ स्कुलका प्रिन्सिपल रमेश पौडेलले वालवालीकालाई यस्ता शिवीरमा सहभागी गराएमा वालवालीकाको शारिरीक विकासमा टेवा पुग्ने वताउनु भएको थियो ।
शिविरको वारेमा प्रशिक्षक बिष्णु पुरीले जानकारी गराउनु भएको थियो भने प्रशिक्षकमा मधुमालति अधिकारी पनि रहनु भएको शिवीरमा एक सय भन्दा धेरै प्रशिक्षार्थी रहेका छन । नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष लक्ष्मी आचार्यको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजि करण प्रशिक्षक बिष्णु पुरीले गर्नु भएको त्यहावाट घनस्याम वलीले जानकारी दिनु भएको छ ।।











