कठमाण्डौ, २३ साउन
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत रन्जित रायले भेट गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा भएको भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको एमालेले जनाएको छ ।
भेटका अवसरमा अध्यक्ष ओलीले आफ्नो पार्टी छिमेकी मुलुकहरुसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धका पक्षमा रहेको उल्लेख गर्दै नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वाभाविक चलखेलहरु स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
त्यस्ता चलखेलहरुले परिस्थितिलाई जटिल बनाउने भएकाले सबैले सतर्कताका साथ काम गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिएको एमालेले जनाएको छ ।।