दाङ, २३ साउन
नेपाल क्षयरोग निवारण संस्था दाङ शाखाको बैठक आज घोराहीमा सम्पन्न भएको छ । दाङ शाखाका सभापति खिमलाल डाँगीको अध्यक्षतामा वसेको वैठकले पुल्चोक इन्जिनियरिङ क्याम्पस काठमाण्डौमा लिइएको प्रवेश परिक्षामा उत्र्तिण भई इन्जिनियरमा पढ्न पाउने संस्थाका आजीवन सदस्यका छोराछोरीलाई सहयोग गर्ने निर्णय गरेको छ । feature

प्रवेशिका परिक्षाबाट इन्जिनियरमा पढ्न पाउने आजीवन सदस्यका छोराछोरीका लागी निशुल्क पढ्न पाउने व्यवस्थाका लागी सिफारिस दिने निर्णय गरिएको सचिव लालवहादुर आरसीले जानकारी दिनुभएको छ ।

नेपाल क्षयरोग निवारण संस्था केन्द्रिय कार्यालयले आजीवन सदस्यका छोराछोरीका लागी निशुल्क पढ्न पाउने व्यवस्था गरेकाले १५ दिनभित्र शाखामा सम्पर्क गर्न वैठकले अनुरोध गरेको छ ।।