दाङ, श्रावण २३ । राप्ती अंचलस्तरीय नृत्य प्रतियोगिता उन्सर्ग डान्सिङ स्टार ३ को शनिबार घोराहीमा भएको विशेष राउण्डबाट ४२ जना सेमी फाइनल राउण्डमा छानिएका छन् । छानिनेहरुमा अभिसा शर्मा, विनिता पुरी, मनोज श्रेष्ठ, दक्षिणा सिंह, सिर्जना डांगी, कृति न्यौपाने, पुष्पाञ्जली नेपाली, सन्ध्या अधिकारी, सपना भण्डारी, बबिसा बस्नेत, सोनिया बस्नेत, वर्षा सेन ठकुरी, गोपाल लहरे, सुप्रीया पाण्डे, सुशान्त वली, करिना डांगी, सुप्रिया देवकोटा, प्रतीक्षा डिसी, नरेन्द्र चौधरी, कमला विक, पार्वती बुढा, सुनील वि.क, सरु गुरुङ, जेलिसा चौधरी, सुष्मिता वली, यशु चौधरी, प्रभा अधिकारी, मेलिसा पुन, रुपा बस्नेत, स्नेहा अधिकारी, नेहा न्यौपाने, यमुना न्यौपाने, अनुसा पुन, निर्मला पुन, ममता जीएम, तारा गिरी, शर्मिला विक, रवि चौधरी, शिवा चौधरी, समीक्षा रिजाल, स्मृति आचार्य रहेका छन् । सेमाी फाइनल श्रावण २९ गते घोराहीमा हुने भएको छ ।

Utsarg Dancing Star 3 logoआयोजक संस्था उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक तथा कार्यक्रम  संयोजक केएल बुढाथोकी पीडितको अध्य्रक्षता तथा उत्सर्ग स्टार तथा एम्बेस्डर समीक्षा पौडेलको प्रमुख आतिथ्यता भएको विशेष राउण्डको निर्णायकमा वरिष्ठ नृत्य प्रशिक्षक सुशीला थापा पोखेल र सरोज रेग्मी हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण मोडल हिमा थापाले गर्नु भएको थियो । गत असार १ गते शुरु भएको उत्सर्ग डान्सिङ स्टारको तेस्रो संस्करणमा सवा दुई सय प्रतियोगीहरुले अडिसन दिएका थिए । विगत ३ वर्षदेखि संचालित यस प्रतियोगितामा प्रथम हुनेलाई रु. ५० हजार पुरस्कार राखिएको छ ।