काठमाडौँ, २३ साउन । भाद्र शुक्ल पञ्चमीका दिन आइतबार (आज) नागपूजा गरी मनाइँदैछ । यो दिन अनन्त, वासुकी, शेषनाग, पद्मनाभ, शङ्खपाल, तक्षक, कालीक र धृतराष्ट्र नामका अष्ट नागको चित्र वा यी नागको संस्मरणमा कपासको नाग बनाई पूजन गर्ने र घरको मूलढोकामा चित्र टाँस गरेर पूजा गर्ने प्रचलन छ ।
यो दिन नागको पूजा गरेमा वर्षभर नाग (सर्प) र विषको भय हुन्न भन्ने जनविश्वास छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार यो दिनबाहेक नित्य बिहान बेलुका अष्टनागको संस्मरण गर्न सके जन्म कुण्डलीमा नागदोष रहेका र कालसर्प योग परेकालाई राम्रो हुन्छ ।











