जाजरकोट, २२ साउन ।
सेवाग्राहीहरुलाई प्रवाह गरिने वस्तु तथा सेवालाई गुणस्तरिय वनाउन फाँटहरुमा सिसी क्यामरा जडान गर्ने जिल्ला विकास समिति जाजरकोटले प्रतिवद्धता जाहेर गरेको छ । शुक्रवार भएको वार्षिक शमिक्षा वैठकमा जिल्ला विकास समितिले यस्तो प्रतिवद्धता जाहेर गरेको हो । आव २०७२÷०७३ को वार्षिक शमिक्षा वैठकमा जिल्ला विकास समितिवाट प्रवाह गरिने वस्तु तथा सेवाहरुलाई प्रभावकारी गराउन चालु आवमै प्रत्येक फाँटहरुमा सिसी क्यामरा जडान गर्ने स्थानिय विकास अधिकारी ईन्द्र गौतमले प्रतिवद्धता जाहेर गरे ।jkt

जिल्ला स्थित सम्पुर्ण विषगत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, पत्रकार, नागरिक समाजका अगुवाहरु सहभागि रहेको वार्षिक शमीक्षा वैठकमा स्थानिय विकास अधिकारी गौतमले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

त्यसैगरी जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले शैक्षिक क्षेत्रमा जिल्लाको तत्कालिन रणनीति गुणस्तरिय शिक्षा हासिल गर्नु रहेता पनि दीर्घकालीन रणनीति जिल्लालाई शैक्षिक प्रर्यटन जिल्लाको रुपमा विकास गराउनु रहेको वताए । जिल्लामा कम्पोष्ट मल उत्पादनमा जोड दिएर रासायिनिक मल मुक्त जिल्ला घोषणा गर्नेमा जोड दिने वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जनाए । त्यसैगरी जिल्ला प्रशासन कार्यालयवाट प्रवाह हुने सेवाहरुलाई गुणस्तरिय र प्रभावकारी वनाउनका लागी यही साउन १८ गते देखि विद्युतिय हाजिरी सेवा सञ्चालन गरि सकेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनाए ।kk

ढड्डामा रहेका नेपाली नागरिकताका अभिलेखहरुलाई कम्प्युर टाईप गरी ६० हजार नागरिकतालाई सप्टवईरमा राखी सकेको प्रजिअ गौतमले जानकाारी दिए । जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयवाट सेवाग्राहीलाई प्रवाह गरिने वस्तु तथा सेवाहरुलाई प्रभावकारी वनाउन वेला–वेलामा छट्के चेक जाँच गर्नुका साथै अनुगमणमा गति दिएको प्रजिअको दावी छ ।।