घोराही, २२ साउन
अन्र्तराष्ट्रि यूवा दिवसको अवसरमा दाङमा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । जिल्ला यूवा सञ्जालको आयोजनामा घोराहीमा भएको जिल्ला स्तरीय समन्वय वैठकले साउन २८ अर्थात अगष्ट १२ का दिनलाई लक्षित गरेर अन्र्तराष्ट्रिय यूवा दिवस मनाइने भएको हो । गरिवी उन्मुलनमा यूवा प्रविद्धता, दिगो उत्पादन र उपभोगमा आत्मनिर्भरता मुख्य नाराका साथ यूवा दिवश मनाउन थालिएको हो ।images

साउन २४ गते रक्तदान र सरसफाई कार्यक्रम, २५ गते भष्ट्राचार न्यूनिकरणमा नागरिक एक्यवद्धताको लागी हस्ताक्षर संकलन, २६ गते उच्च मावि स्तरीय चित्रकला प्रतियोगीता, २७ गते लैङ्गीक हिंसा विरुद्ध रिले दौड, २८ गते वृहत ¥याली र यूवा सभाको आयोजना गरिने भएको छ ।

जिल्ला यूवा सञ्जालका कार्यवहाक अध्यक्ष विरवल खड्काको अध्यक्षता एवम् जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत वालकृष्ण खनालको प्रमुखआतिथ्यमा सम्पन्न जिल्ला समन्वय वैठकले यूवा दिवश मनाउन जिल्ला स्तरीय समन्वय समिति समेत गठन गरेको छ ।

सात सदस्यीय यूवा दिवश समन्वय समिति गठन गरेको हो । सदस्यहरुमा यूवा सञ्जालका नेत्रसागर चौधरी, जिल्ला यूवा परिषदका अध्यक्ष शुरेस रावत, सिसा नेपालका विष्णु देवकोटा, ईक्वल एक्सेसका दशरथ घिमिरे, ओरेक नेपालकी तुलसा गिरी, वेस संस्थाका नरबहादुर चौधरी, गैर सरकारी सिंस्था महासंघका खुशल घिमिरे रहनु भएको छ ।।