काठमडौ २१ साउन । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई विभिन्न देशका कुटनितिक नियोगका प्रमुखहरुले बधाइ तथा शभुकामना दिने क्रम जारी रहेको छ ।
आज बिहान नेपालका लागि बेलायतका राजदुत रिचार्ड मोरिस र डिएफआईडीका नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले प्रधानमन्त्री दाहाललाई भेटि बधाई दिनुभएको छ ।
दाहाल निवास लाजिम्पाटमा भएको भेटमा बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनुभएको थियो । राजदुत रिचार्ड र प्रमुख मार्जेटीले नेपालको सहयोगका लागि आफुहरु सघै तयार रहेको भन्दै दुईदेश बिचको सम्बन्धलाई अझ राम्रो बनाउने प्रतिवद्धता जनाउनुभएको थियो ।