दाङ, २० साउन
तुलसीपुर नगरपालिकालाई बालमैत्री घोषणा गर्ने अभियान अन्र्तगत नगरका विभिन्न वडाहरुमा घरधुरी सर्बेक्षणको दोश्रो चरण हुने भएको छ । तुलसीपुर नगरपालिकाको सहयोगमा नवजागरण महिला तथा वाल संरक्षण केन्द्र न्यु सीपीसी तुलसीपुरद्धारा सञ्चालित वाल श्रम तथा वाल संरक्षण कार्यक्रम अन्र्तगत वाल अधिकारका सुचकहरु पत्ता लगाउन घरधुरी सर्बेक्षण गरिने भएको हो ।tt

घरधुरी सर्बेक्षण कार्यक्रम अन्र्तगत वालवालिकाको जन्मदर्ता, वाल विवाह, वाल श्रम र वालवालिका विरुद्ध हुने हिंसा, बेचविखन, शोषण तथा दुब्र्यवहारको बिवरण लिइने छ । यस अघि नगरका विभिन्न वडाका टोलहरुमा घरधुरी सर्बेक्षण गरिएको थियो । यसअघि दुई हजार बढि घरमा गरिएको सर्बेक्षणबाट वालअधिकारका विविध सवालहरुको अवस्था जानकारी भएको थियो ।

नगरलाई वालमैत्री घोषणा गर्नका लागि वालअधिकारका सबै सूचकहरु पूरा हुनु पर्ने भएकाले सर्बेक्षण मार्फत ति सूचकहरु पत्ता लगाइने न्यु सीपीसीका अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभयो । तुलसीपुर नगरपालिकालाई सन् २०१७ भित्रमा वालमैत्री घोषणा गर्ने लक्ष लिइएको छ । सो लक्षलाई पुरा गर्नका लागि नगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन भएको न्यु सीपीसीका सञ्चार संयोजक नारायण भण्डारीले जानकारी दिनुभयो ।।