काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट पार्टीको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। उनले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले ३ सय ७५ मत पाए। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरे ।
कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्ख भने ड्गीले ५.३५ प्रतिशत मत पाए । पार्टीमा विवाद हुँदा यसअघि थापा विशेष महाघिवेशनबाट पनि सभापतिमा निर्वाचित भएका थिए ।











