दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ । विहान साढे ८ बजेदेखि मतदान शुरु हुदैछ ।
घोराही पूरानो वसपार्कस्थित बहुउद्देश्य सभागृहमा हुने मतदान प्रक्रिया अघिको सम्पूर्ण काम पूरा भइसहेको संघले जनाएको छ । मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन समितिका संयोजक मणिराम आचार्य (मौसम) जानकारी दिए ।
संघको अध्यक्ष पदका लागि नेरश कुमार श्रेष्ठ, ध्रुव कुमार गहतराज र अनिल आचार्य चुनावी प्रतिस्पर्धामा छन् । चुनावमा करिव ३ हजार ७ सय मतदाताले मतदान प्रक्रियामा भाग लिनेछन् ।
उम्मेदवारको नामावली














