काठमाडौं । हिन्दु महिलाहरुको महानपर्व हरितालिका (तीज) आजदेखि शुरु हुदैछ । तीजको व्रत बस्ने महिलाहरुले आज दर खाएर व्रत बस्ने गर्दछन् ।
विशेषगरी हरितालिका (तीज) को पहिलो दिन अर्थात् आज भाद्र शुक्ल द्वितीयाका दिन दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्रविद्प्राहरु बताउछन्। दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ।
तीजको आफ्नै महत्व भएपनि पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक बढेको गुनासो सुनिन थालेको छ। एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको देखिन्छ ।











