काठमाडौं, २० साउन । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भए माओवादी पत्तासाफ हुने बताएका छन् । नेता थापाले यो सरकार माओवादीका लागि ठुलो अग्नि परीक्षा भएकाले सरकारमा गएका नेताहरुले जसरी पनि जनहितमा काम गनुपर्ने धारणा ब्यक्त गर्दै भने -” असन्तुष्ट दलका माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्न तथा विगतका गल्तिबाट पाठ सिकेर विकास निर्माणका काम अगाडि बढाउन नसके पार्टी पत्तासाफ हुने निश्चित छ त्यसैले जनभावना अनुसार काम गर्नुपर्नेछ ।

Ram-Bahadur-Thapa-Badal