काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सातवटै प्रदेशमा हल्का देखि भारी वर्षाको सम्भावना छ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोेरै स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा पनि भारी वर्षाको पूर्वानुमान छ।

त्यस्तै मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ। पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा, मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।