काठमाडौं । नेपाल सरकारले मुख्यसचिवमा गोविन्दबहादुर कार्की बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बहालवाला मुख्यसचिव सुमनराज अर्याल शुक्रबार (२६ असार) देखि उमेरहदका कारण अवकाश हुँदै छन् । रिक्त हुन लागेको उक्त पदमा सरकारले कार्कीलाई बढुवा गरेको हो ।

विद्यमान निजामती सेवा ऐनमा मुख्यसचिवको कार्यकाल तीन वर्षको हुने व्यवस्था भएपनि कार्की पूरा कार्यकाल रहन पाउने छैनन् । ५८ वर्षमा अनिवार्य अवकाश हुने हालको व्यवस्थाअनुसार उनी २५ पुस ०८५ मा अवकाश हुनेछन् ।