काठमाडौँ । रास्वपामा रवि लामिछाने निर्विरोध सभापतिमा निर्वाचित भएका छन् । चितवनमा जारी पहिलो महाधिवेशनबाट लामिछाने सभापतिमा निर्विरोध भएका हुन्।
सभापतिमा उनको एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले सभापतिमा निर्विरोध घोषणा गरेको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए। उनको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र शाह प्रस्तावक रहेका थिए। केन्द्रीय सदस्यहरूका लागि आज बिहान ८ बजेबाट मतदान सुरु हुने छ।











