अबैद्य काठ ओसार पसारमा संलग्न दाङका तीन जनालाई प्रहरीले काठ सहित पक्राउ गरेको छ । हिजो घोराही ८ बनगाउँबाट १८ गोलिया अबैध काठ चोरी निकासी गर्दै गरेको अबस्थामा सोही ठाउका ४७ वर्षीया नेपालु चौधरी, उनका छोरा २६ वर्षीया लिलाराम चौधरी र ट्रयाक्टर चालक देवमान घर्तीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिषेश टोलिले पक्राउ गरेको हो ।

Gadisss

साथै उनीहरुले काठ निकासिका लागि प्रयोग गरेको रा २ त २२०१ नम्बरको ट्रयाक्टर पनि प्रहरीले नियणत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । प्रहरीले नियणत्रणमा लिएको काठ , ब्यक्ति र ट्रयाक्टरलाई आबश्यक कार्बाहीका लागि जिल्ला बन कार्यालयमा बुझाईएको एसपी सिंहले जानकारी दिनुभयो ।।