शिक्षा मन्त्रालयका अधिकारीहरूको संरक्षणमा राजधानीका तीन विद्यालयमा टर्किस नागरिक कार्यरत रहेको पाइएको छ । विद्यालयका हरेक गतिविधिमा मन्त्रालय, विभाग र शिक्षा कार्यालयका कर्मचारी सहभागी भएर संरक्षण दिने गरेका हुन् ।
टर्किस शिक्षकलाई तालिम दिएको कार्यक्रममा मन्त्रालयका सहसचिव र उपसचिवहरू प्रमुख अतिथिसमेत बनेर जाने गरेको तथ्य प्राप्त भएको छ । यसबाट बिजनेस भिसामा आएका टर्किस नागरिकले अनुमति बिना स्वयंसेवक शिक्षकका रूपमा काम गर्न शिक्षा मन्त्रालय र मातहतका कार्यालयले नै मौन स्वीकृत दिएको प्रस्ट भएको बताईएको छ ।।











