काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पक्राउ गरेको छ ।
उनलाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयलका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न रिजाललाई पक्राउ गरिएको बताइएको छ











