काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०का प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार खड्कालाई आइतबार बिहान महाराजगञ्जस्थित अपटमेन्टबाट पक्राउ गरिएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिइएको हो ।











