दमक । झापा क्षेत्र नं. ५ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । दुई हजार तीन सय तीन मत गणना गर्दा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह एक हजार चार सय ७६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष एव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् । यो परिणम अनुसार बालेन ओलीभन्दा करिव तेव्वर मतान्तरले अगाडि छन् ।