काठमाडौं । नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । नेपालले जीतका लागि पाएको एक सय ७१ रनको लक्ष्य अन्तिम ओभरमा ४ बल अगाडि नै पूरा गर्यो । नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो ।

तेस्रो पटक विश्वकपमा सहभागिता जनाएको नेपालको विश्वकपमा कूल तेस्रो जीत पनि हो । सन् २०१४ मा बङ्गलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन । दीपेन्द्रले २३ बलमा अर्धशतक ५० रन बनाए । त्यसअघि ओपनर माइकल जोन्सको ७१ रनमा स्कटल्यान्डले नेपाललाई १ सय ७१ रनको लक्ष्य दिएको थियो ।

स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन बनायो । जीतपछि नेपालका कप्तान रोहितकुमार पौडेलले यो टी–२० विश्वकपमा धेरै महत्त्वपूर्ण अनुभव बटुलेको र यसक्रममा विश्व त्रिकेटले नेपाललाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् ।