उदय बीसी
दाङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकलाई मूल्याङ्कनको आधार मानेर मूल्याङ्कन गरिएको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार दाङका सबैभन्दा बढी राप्ती गाउँपालिकाले प्राप्त गरेको छ । राप्ती गाउँपालिकाले ७७ दशमलव ४६ अंक प्राप्त गरेको छ । ७७ दशमलव ४६ अंक प्राप्तसँगै राप्ती गाउँपालिका जिल्लाकै उत्कृट गाउँपालिकामा परेको छ ।
त्यसैगरी शान्ति नगरगाउँपालिका दोस्रो स्थानमा रहेको छ । शान्तिनगरले ६९ दशमलव ८४ अंक प्रात्त गरेको छ । त्यस्तै लमही नगरपालिका ६४ दशमलव १८ अंक प्राप्त गरेर तेस्रो स्थानमा छ ।
त्यस्तै बंगलाचुली गाउँपालिकाले ६२ दशमलव ५७, घोराही उपमहानगरपालिकाले ६१ दशमलव शून्य ८, तुलसीपुर उपमहानगरपालिकाले ६१ दशमलव ५३, बबई गाउँपालिकाले ६० दशमलव ६८, दंगीशरण गाउँपालिकाले ६० दशमलव ९७, गढवा गाउँपालिकाले ५८ दशमलव ९५ र राजपुर गाउँपालिकाले ४९ दशमलव १७ अंक प्राप्त गरेका छन् ।
आयोगको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा दाङको सबैभन्दा कमजोर गाउँपालिका राजपुर देखिएको छ । आयोगले विभिन्न १७ वटा सूचकलाई आधार मानेर प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।

स्रोत : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग











