काठमाडौं । आज महाशिवरात्रि पर्व । देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदैछ । शिवालयहरुमा भगवान शिवको पूजा गर्ने भक्तजनहरुको विहानैदेखि भिड लाग्ने गर्दछ ।

विशेष गरी महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा भक्तजनहरुको भिड हुने गर्दछ । साथै देशका विभिन्न शिवालयहरुमा पनि भक्तजनहरुको उत्तिकै भिड हुन्छ । आजको दिन विभिन्न क्षेत्रमा मेला समेत लाग्ने गर्दछ । विश्वकै अग्लो त्रिशुल भएको दाङको धारापानीमा आज मेला लाग्ने गर्दछ । मेलाको लागि त्यहाँको मन्दिर व्यवस्थापन समितिले व्यवस्थापन गरेको छ । धारापानीमा पाण्डवेश्वस महादेवको मन्दिर रहेको छ ।

विशेष गरी महिलाहरुले आफ्नो श्रीमान भगवान शिवजस्तै होउन र शिवजस्तै पति प्राप्त गर्नका लागि भगवान शिवको पूजा आरधाना गर्ने गरेको भनाइ छ ।