सल्यान । रुकुम पूर्वबाट दाङको तुलसीपुर आदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ग १ ज ५६६१ नम्बरको पिकअप जीप आज बुधबार बिहान साढे ५ बजे कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै सडकबाट तल खस्दा रुकुम पूर्वको सिस्ने गाउँपालिका – ४ अमलाचौरका ३० वर्षीय विजय विश्वकर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्स्पेक्टर देवराज भट्टराईका अनुसार जिप सडकबाट करिव साढे दुई सय मटिर तल खस्दा जीप चालक विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी सिस्ने – ४ की ३८ वर्षीया ललिता केसी, सिस्ने – २ की २२ वर्षीया सुष्मी रोका र उनकी २ वर्षीया छोरी सफलता केसी घाइते भएका छन् ।

घाइतेमध्ये ललिताको अवस्था मध्यम र आमा छोरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते दुबैलाई कपुरकोटमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ । चालक निदाएका कारण दुर्घटना भएको प्रहरीले आशंका गरेको छ।