बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडीमा बिहीवार राति एउटा जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या सङ्ख्या १३ पुगेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घटनामा ३६ जना घाइते भएका छन्। उनीहरूले विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस राति करिब ८ बजेतिर पुर्चौडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो ।