काठमाडौं । सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल (सफल) हाजिर जमानीमा छुटेका छन्।
सफललाई बुधबार साँझ नै हाजिर जमानीमा छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिएका छन्।
महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारी लक्षित गरी नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनखेन गरी मुद्दा फिर्ता लिने गरेको आरोप सफलले लगाएका थिए । सोही आरोपमा उनी पक्राउ परेका थिए ।











