दाङ । नेपाल कम्यूनिष्ट पार्टीले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुल प्रसाद केसी (सोनाम) लाई कारवाही गरेको छ । पार्टीको आधिकारिक उम्मेदारको विरुद्ध वागी उम्मेदवार दिएपछि सोनामलाई कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको हो ।

नेपाली कम्यूनिष्ट पार्टीले दाङ क्षेत्र नं. १ मा मेटमणी चौधरीलाई फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदार बनाएको छ । तर सोही निर्वाचन क्षेत्रमा सोनामले वागी उम्मेदवार दिएपछि उनी कारवाहीमा परेका हुन् । उनीसँगै अन्य ६ जना पनि कारवाहीमा परेका छन् ।