सिमिकोट । गत भदौदेखि वर्षात् समेत नभएको हुम्लामा वर्षकै पहिलो पटक पहिलो पटक हिउँ परेको छ । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुसी भएका छन् ।

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा हिमपात भइरहेको छ।