लमही । देउखुरीमा माटोको ढिस्कोले पुरिँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्टमा काम गर्ने लमही नगरपालिका ७ कमानपुर निवासी ३६ वर्षिय अरविन्द चौधरीको ज्यान गएको हो ।

चौधरीको काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिदा ज्यान गएको प्रहरी जनाएको छ । घटनामा लमही नगरपालिका ७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । उनको लमही अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।