सुनसरी । धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिएका छन् । मृत्यु भएका व्यक्तिहरूको शव क्षतविक्षत अवस्थामा रहेकोले हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।











