काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्ष आधिकारिक कि संस्थापन (देउवा) पक्ष आधिकारिक भन्ने विषयले केही दिन निकै चर्चा पायो । दुबै पक्षले आधिकारिक हामी भनेर निर्वाचन आयोगमा प्रमाणसहित निवेदन पनि पेश गरे । निर्वाचन आयोगले अन्तमा विशेष महाघिवेशन पक्षधर अर्थात गगन कुमार थापा सभापति चयन भएको काग्रेसलाई आधिकारिकता प्रदान ग्रयो ।

त्यतिनजेलसम्म निवर्तमान सभापति भइसकेका शेरबहादुर देउवा शेखर कोइराला पक्षले पनि साथ दिएको थियो । निर्वाचन आयोगमा सँगै गएर शेखरले नै देउवा पक्ष नै आधिकारिक हुने भन्दै दावी समेत पेश गरेका थिए । तर समयले कोल्टो फेर्यो । अब शेखर पक्ष गगन पक्षसँग सहकार्य गरेर जाने तयारीमा लागेको छ । पार्टीका वरिष्ठ नेता समेत रहेका शेखरले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर्ने भएका छन् । साथै, उनले देउवा समूहको बैठकमा अब सहभागी नहुनेसमेत स्पष्ट पारेका छन् । शेखर समूहले आइतबार दिउँसो १ बजे आफ्ना उपलब्ध नेताहरूको बैठक बोलाएको छ ।

एक्कासी शेखर गगनतिर लागेपछि देउवा अब संकटमा परेका छन् । देउपा पक्षको समूह आफू नै आधिकारिक कांग्रेस भएको दावी गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध आज सर्वाेच्च जादैछ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्र्फको उम्मेदवारी दर्ताको समय नजिकै आएका बेला कांग्रेसमा आधिकारिकताको विवाद चर्किएको छ । प्रत्यक्षतर्र्फको उम्मेदवारी दर्ता माघ ६ गते तोकिएको छ ।