काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका हुन् ।

“हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु । यै रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुम आउने निश्चित भएको छ । पूर्वी रुकुममा आउने निश्चित भएको छ”, उनले भने । प्रतिनिधिसभा प्रत्यक्षतर्फ दाहालको नाम कालिकोटबाट पनि एक्कल सिफारिस भएको छ ।