काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सबै सिटमै उम्मेदवारी दिने भएको छ। हिजोसम्म नेपाली कांग्रेस–नेकपा एमासँग गठबन्धन गर्ने भनिएपनि अन्तिम समयमा आएर नेकपा अलग भएको छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता भइरेको छ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ।

यी हुन् उम्मेदवार

कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेस
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल

बागमती
प्रेमप्रसाद सापकोटा
सरोजकुमारी झा

गण्डकी
कपिल लामा

लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार